विपिनको राष्ट्रिय सम्मानसहित महाकाली नदि किनारमा अन्त्येष्टि गरिंदै

दार्चुला । दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको आज अन्तिम दाहसंस्कार गरिने भएको छ । उहाँको महाकाली नदीमा अन्तिम संस्कार गरिने छ । सोमबार बेलुकी अर्थात् लक्ष्मी पूजाको साँझ उहाँको शव कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ मा रहेको निवासमा पुर्‍याइएको थियो ।

ईजरायलबाट काठमाडौं ल्याइएको शव त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत घरमा ल्याइएको हो । धनगढी उपमहानगरपालिकाको महाप्रस्थान बाहकमार्फत घरमा शव ल्याएको थियो । यस बर्षको दिपावली अर्थात् लक्ष्मी पुजाकै दिन विपिनको शव घर पुगेसंगै गाउँ टोल शोकमय भएको छ ।

विपिनको मृत्यु भएको जानकारी हमास समूहले २६ असोजमा सार्वजनिक गरेको थियो । त्यसै साँझ गाजाबाट इजरायलले शव तेलअभिभ ल्याएको थियो । मंगलबार डिएनए परीक्षणमा उक्त शव विपिनकै भएको पुष्टि गरिएको थियो । परीक्षण र पोस्टमार्टम दुवै तेलअभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा सम्पन्न भएको हो ।

२०८० असोज २३ देखि हमासको कब्जामा रहेका विपिनको मृत्यु मंसिरतिरै भएको नेपाली अधिकारीलाई इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन् । दुई वर्षअघि नै इजरायलले लिएको परिवारको डिएनए परीक्षणका आधारमा शवको डिएनए परीक्षण गर्दा विपिनको शव पुष्टि भएको थियो ।

२५ बर्षिया विपिन जोशीलाई गुमाएसंगै घर परिवार, आफन्त, साथीभाई र छरछिमेकी शोकाकुल भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?