दार्चुला । आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने अनुमान छ । त्यस्तै भाइटीकाको दिन भोलि पनि सबैजसो ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।

तिहारको टीकाको दिन बिहीबार पनि आजको जस्तो मौसम रहने पूर्वानुमान गरिएको छ । बिहीबार टीकाको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । तर, पश्चिमी वायुको सामान्य प्रभावले पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने पूर्वानुमान छ । जसका कारणले पहाडी क्षेत्रका एक-दुई ठाउँमा वर्षा हुनेछ ।

टीकाको दिन बिहीबार कोशी र मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको तिहार विशेष बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

दार्चुलासहित सुदूरपश्चिममा भव्यताकासाथ गौरा मनाइयो, खेणी, धोणी बर्षाले प्रभावित (भिडियो)

२०८२ भाद्र १७, मंगलवार १४:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?