धनगढीबाट बेपत्ता कम्प्युटर व्यवसायी नरेश धामी मृत फेला

दार्चुला । धनगढीका कम्प्युटर सम्बन्धी व्यवसाय गर्दै आएका नरेश धामी मृत फेला परेका छन। धनगढीमा एनसिसिएस कम्प्युटर सञ्चालन गर्दै आएका धामी शिवपुरी जङ्गलमा मृत फेला परेका हुन।

उनी कात्तिक ३ गते सोमवार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय, कैलालीले उनी धनगढी उपमहानगरपालिका–४ शिवपुरी जङ्गलमा मृत फेला परेका बताएको छ। उनी जङ्गलमा मृत फेला परेका भएपनि कारण खुलेको छैन।

सोमवार नै काठमाडौँबाट धनगढी फर्किएका धामीले दिनमा आफ्नो पसलमा काम गरेका थिए। साँझ कोठाबाट अकस्मात् बेपत्ता भएको उनको परिवारका सदस्यहरूले बताएका थिए। धामीले बोकेको मोबाइल बन्द थियो। उनी सामान्य अवस्थामै बाहिर निस्किएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?