सरकारमा थपिने चार मन्त्रीको नाम टुंगो लाग्यो, शपथको तयारी

दार्चुला । सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।

नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेको बताइएको छ । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ । राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?