अमेरिकाले दियाे नेपाललाई २ सय ६३ रनकाे लक्ष्य

दार्चुला । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपाललाई २ सय ६३ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रन बनायो । अमेरिकाका स्मित पटेलले ७५, मिलिन्द कुमारले नटआउट ७० रन बनाए । नेपालका सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १/१ विकेट लिए ।

आजदेखि शुरू भएको घरेलु टोली यूएई, नेपाल र अमेरिका सम्मिलित शृङ्खला आउँदो बुधवार कात्तिक १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा हरेक टोलीले एक अर्कासँग समान दुई खेल खेल्नेछन् ।

आठ वटा टोली सम्मिलित लिग–२ मा नेपाल १६ खेलमा १२ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । यस्तै अमेरिका २० खेलमा २८ अङ्कसहित दोस्रो र यूएई १६ खेलमा ६ अङ्कसहित पुछारमा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?