भारतीय दूतावासद्वारा बैतडीको डिलेश्वरी मावि हाटलाई स्कुल बस हस्तान्तरण

दार्चुला । भारत सरकारको तर्फबाट भारतीय राजदुताबासले बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ हाटमा रहेको डिलेश्वरी माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ। नेपालस्थित भारतीय राजदुताबासले आइतबार विद्यालयलाई एक थान स्कुल बस हस्तान्तराण गरेको विद्यालयका प्रधानाध्यापक विरेन्द्र बहादुर धानुकले जानकारी दिनुभयो ।

पुर्चौडी नगरपालिकाका प्रमुख दिपक बहादुर बम र नेपाल प्रहरीका पूर्व एसएसपी जनक सिंह बोहराको विषेश पहलमा भारतीय राजदुताबासबाट विद्यालयलाई बस प्राप्त भएको प्रधानाध्यापक धानुकले बताउनुभयो । ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स र स्कुल बस प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?