 
							दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर गराडीका एक युवक सम्पर्क विहिन (बेपत्ता) हुनुभएको छ । लेकम २ सल्याडीका वीर सिंह कार्कीका १९ वर्षीय छोरा गाणेश सिंह कार्की विगत ५ दिन देखि सम्पर्क विहिन भएको पारिवारिक स्रोतले जनाएको छ ।
राम्रो संग आँखा नदेख्ने गणेश विगत ५ दिन देखि सम्पर्क विहिन भएको उहाँका काका गोविन्द कार्कीले बताउनुभयो ।  घरमै रहेका गणेश एक्कासी सम्पर्क विहिन भएको उहाँले बताउनुभयो ।
बेपत्ता गणेशका बुवा रोजगारीको लागि भारतमा रहेको र छोरा बेपत्ता भएपछि वीरसिंह कार्की पनि घर फर्कने तयारीमा रहेको उहाँले बताउनुभयो । 
बेपत्ता कार्कीलाई कही कतै देख्नुभए वा उहाँको अवस्थाबारे जानकारी भएमा ( गोविन्द सिंह कार्की बेपत्ता गणेशका काका) ९८४५८१०६४७ सम्पर्क गरिदिन वा नजिकको प्रहरीलाई जानकास् गराइ दिन परिवारले आग्रह गरेका छन् ।



 
										 
										 
												 
												 
												 
												 
												 
												 
								 
								 
								 
								 
								 
								 
								 
								 
											 
											 
											 
											 
											 
											 
											 
											 
											 
											 
											 
											 
											 
											 
											 
											 
											 
											 
											 
								 
								 
								 
								 
								 
								 
								 
								 
								 
								 
								 
								 
								 
								
