दार्चुलाको लेकम-२ का १९ वर्षीय गणेश कार्की पाँच दिन देखि सम्पर्क विहिन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर गराडीका एक युवक सम्पर्क विहिन (बेपत्ता) हुनुभएको छ । लेकम २ सल्याडीका वीर सिंह कार्कीका १९ वर्षीय छोरा गाणेश सिंह कार्की विगत ५ दिन देखि सम्पर्क विहिन भएको पारिवारिक स्रोतले जनाएको छ ।

राम्रो संग आँखा नदेख्ने गणेश विगत ५ दिन देखि सम्पर्क विहिन भएको उहाँका काका गोविन्द कार्कीले बताउनुभयो । घरमै रहेका गणेश एक्कासी सम्पर्क विहिन भएको उहाँले बताउनुभयो ।
बेपत्ता गणेशका बुवा रोजगारीको लागि भारतमा रहेको र छोरा बेपत्ता भएपछि वीरसिंह कार्की पनि घर फर्कने तयारीमा रहेको उहाँले बताउनुभयो ।

बेपत्ता कार्कीलाई कही कतै देख्नुभए वा उहाँको अवस्थाबारे जानकारी भएमा ( गोविन्द सिंह कार्की बेपत्ता गणेशका काका) ९८४५८१०६४७ सम्पर्क गरिदिन वा नजिकको प्रहरीलाई जानकास् गराइ दिन परिवारले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?