बैतडीमा शिवनाथ मेलाबाट फर्कदैँ गरेको जिप दुर्घटना: एक जनाको मृत्यु, चार घाइते

दार्चुला । बैतडीको शिवनाथ धाममा लागेको मेलाबाट फर्कदैँ गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानीमा गएराति ११ बजेतिर से १ ज ७३२ नम्बरको जिप दुर्घटना हुँदा मेलौली नगरपालिका–२ दुर्गास्थान, स्याडीकी २४ बर्षीया तुलसी पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते हुनुभएकी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु हो ।

दुर्घटनामा परी जिप चालक दशरथचन्द नगरपालिका–७ सुर्कालका ३२ वर्षीय जनकराज बडू, मेलौली नगरपालिका– २ का ६५ वर्षीय डम्बर पाण्डेय, उहाँका ३४ वर्षीय छोरा हरि पाण्डेय र अर्का छोरा २८ वर्षीय ओमप्रकास पाण्डेय घाइते भएका छन् । जीप चालक बाहेक मृतक र घाइते सबै एकै परिवारका रहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो । जिपमा चालकसहित पाँच जनामात्रै सवार रहेका बुझिएको छ ।

घाइतेमध्ये चालक जनकराज बडूको टाउकोमा चोट रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको छ । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

जिप आँफै अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ । जिप सडकबाट करीब १० मिटर तल खसेको थियो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?