लेकम–४ को दोगडा भौनेली मन्दिरमा दशमी जात्रा, शिव मुर्ती चढाउने देखी अखण्ड रामायण

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ बुढाकोटमा अवस्थित श्री दोगडा भौनेली मन्दिरमा दशमी तिथिको जात्रा शुक्रबार (आज) लागेको छ । उक्त मन्दिरमा जात्राको अवसरमा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।

मन्दिरमा जात्राको अवसरमा शिव मुर्ती चढाउने र अखण्ड रामायण कार्यक्रम समेत आयोजना गरिएको स्थानीय भक्तजन महानन्द जोशीले बताउनुभयो । स्वर्गीय भानिदेब जोशीका छोरा महानन्द जोशी र केशवदत्त जोशी तथा उहाँका छोराहरु परमानन्द जोशी, उमाकान्त जोशी र नरेशप्रसाद जोशीले शिव मुर्ती चढाउने र अखण्ड रामायण कार्यक्रम आयोजना गरेको बताइएको छ ।

दोगडा भौनेलीको धार्मिक कार्यक्रम अन्तरगत कार्तिक १० गते कञ्चनपुरबाट ११ गते विहान बुढाकोट घरमा मुर्ति पुर्याइएको थियो । दशमी तिथिको जात्राको दिन (आज) विहान घरबाट मुर्ती सिंगारेर नजिकको तिर्थस्थलमा स्थान गराइ बाजागाजासहित दोगडा भौनेली मन्दिरमा लगिएको र १४ गते दशमी जात्रासंगै १५ गतेसम्म अखण्ड रामायण कार्यक्रम सञ्चालन हुने स्थानीय परमानन्द जोशीले बताउनुभयो ।

दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्तिपीठमा दैनिक जात्राहरु लागिरहेका छन् । जयपुर जात्रा १३ गते भव्यताका साथ सम्पन्न भएको छ । १८ गते मालिकार्जुन मन्दिरमा भव्य रात्री जात्रा लाग्ने र १९ गते पुर्णिमाको अन्तिम जात्रा भगवती मन्दिर कुणी लगायत विभिन्न शक्तिपीठमा लाग्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?