दार्चुला । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य धर्म निरौलाले अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताउनुभएको छ।
माओवादीसँग एकता गर्ने निर्णयपछि अलगै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने उहाँले बताउनुचयो। नेता खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने उहाँको भनाई छ।
‘हामी यही पार्टीलाई पुनर्गठन गरेर जान्छौँ। सबै कम्युनिस्ट पार्टी पुनर्गठनको अभियान चलाउँछौँ र मिल्दै जान्छौँ। अहिले हामी माधवजीहरूसँग अलग हुन्छ। अब एक साताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरेर हाम्रो दृष्टिकोण सार्वजनिक गर्छौँ नेता निरौलाले भन्नुभयो ।
उहाँले अध्यक्ष माधव नेपाललाई भ्रष्टाचारको मुद्दा लाग्दा इच्छाएको व्यक्तिलाई कार्यवाहकको जिम्मेवारी दिन आफूहरूले भन्दा समेत नमानेको बताउनुभयो।
यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरूले सिंगै हुनको लागि अलग भएको प्रतिक्रिया दिनुभएको छ ।
पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि आफूनिकटको भेलामा सहभागी हुन पुगेका खनालले आफूहरू अब पार्टी गठनको प्रक्रियामा अघि बढ्ने बताउनुभयो। कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्याउनको लागि छलफल हुने पनि उहाँले बताउनुभयो।
एमाले अध्यक्ष केपी ओलीले घर फर्क भन्दै गरेको आह्वानबारे खनालले घर फर्क भनेर मात्रै नहुने भन्दै ढोका राम्रोसँग खुल्ला गरि बस्ने ठाउँ राम्रो बनाए फर्किन कुनै आपत्ती नरहेको धारणा राख्नुभयो ।





प्रतिक्रिया