दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै

दार्चुला । दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । कार्तिक १५ गते शनिबार (आज) १०:३० बजेको समयमा दार्चुलाको महाकाली नगरपालिका-२ मैखोलीस्थित दार्चुला-दल्लेख भित्री सडक खण्डमा मैखोलीबाट मुल्ला जानेक्रममा मोटरसाइकल दुर्घटना भएको हो।

मोटरसाइकल चालक स्थानीय मुल्ला बस्ने २६ वर्षीय नरेन्द्र साहु र मोटरसाइकल पछाडि सवार २९ वर्षीय डम्बर साहु घाइते हुनुभएको छ। चालक साहुले चलाएको म ३ प ९७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडबाट अन्दाजी १५/२० मिटर तल खस्दा चालकको बाँया हातमा चोट र सोही मोटरसाइकलको पछाडी सवार २९ वर्षीय डम्मर साहुको टाउको, कम्मर र आँखामा चोट लागेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

दुबै जनालाई जिल्ला अस्पताल दार्चुलामा ल्याई उपचार भईरहेको अस्पतालमा डिउटीमा खटिएको प्रहरी सहायक हवल्दार प्रमोद जोशीले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी चौकी दल्लेखबाट प्रहरी टोली खटिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?