ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चालक फरार

दार्चुला । बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो। उनका नाति २० वर्षीय महेश साउद घाइते भएका छन्। दुर्घटनापछि फरार ट्याक्टरचालकको खोजी जारी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?