नेकपा (एमाले) दार्चुलाको सचिवालय बैठक १९ गते बस्दै

दार्चुला । नेकपा (एमाले) जिल्ला कमिटी दार्चुलाको सचिवालय बैठक बस्ने भएको छ । एमाले केन्द्रिय पोलिटब्युरो सदस्य एंव जिल्ला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा कार्तिक १९ गते बुधबार बैठक बस्ने एमाले दार्चुलाका कार्यालय सचिव नारायण दत्त भट्टले जानकारी दिनुभयो ।

सदरमुकाम खंलगा स्थित पार्टी कार्यालयमा विहान ११ बजेदेखि बैठक बस्ने उहाँले बताउनुभयो । बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य, भूगोलका प्रदेश कमिटी सदस्यहरु, सचिवालय सदस्यहरु, पालिका कमिटी अध्यक्षहरु, स्थानीय तहका निर्वाचित अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उप– प्रमुख, पार्टीका सम्पुर्ण जन-संगठनका जिल्ला अध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?