भारतले धौलीगंगा बाँधको ढोका खोल्दै, महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रअनुसार परियोजनाले कार्तिक १९ गते बुधबार विहान ८ः१५ देखि कार्तिक २० गते विहिबार बिहान १०ः १५ बजे सम्म सिल्ट सफाइको लागि बाँधका ढोका खोलिने जनाइएको छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केहि घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

बाँध खोलेको बेला महाकाली नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित बस्न, नदी किनार छेउछाउ नजान आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिनुभयो ।

दार्चुला देखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?