दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका दुई वडामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न भएको छ । विहिबारबाट सुरु सामाजिक सुरक्षा भत्ता वितरण शिविर दुई वडामा सम्पन्न भएको गाउँपालिकाका एमआईएस अपरेटर प्रकाश राज विष्टले जानकारी दिनभयो ।
गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रम अनुसार सामान्य हिडडुल गर्न नसक्ने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र बालपोषण भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुलाई घरदैलोमा नै सेवा दिने उदेश्यले गाउँपालिकाको पञ्जीकरण शाखाको आयोजनामा ५ वटा वडाहरुमा शिविर सञ्चालन भइरहेको हो ।
विहिबार गाउँपालिकाको वडा नम्बर १ सर्मोलीमा सञ्चालन भएको शिविरबाट ९० महिला र ५४ पुरुष गरि १ सय ४४ जनाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बुझेको विष्टले बताउनुभयो ।
त्यस्तै शुक्रबार वडा नम्बर ६ उचाकोटमा सञ्चालन भएको शिविरबाट ८५ जना महिला र ४४ जना पुरुष गरि १ सय २९ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो।
आइतबार वडा नम्बर ३ लाली, सोमबार वडा नम्बर ४ खरकडामा र मंगलबार वडा नम्बर २ कुणीमा शिविर सञ्चालन हुने छ ।
वडा नम्बर ५ को हकमा भने बैंक नजिकै रहेकोले बैंकबाटै भत्ता बुझ्न सकिने विष्टले बताउनुभयो ।





प्रतिक्रिया