सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाह दार्चुला आउँदै, आइतबार दिउँसो खलंगामा कार्यक्रम

दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह आइतबार (भोली) दार्चुला आउँदै हुनुहुन्छ । आइतबार सदरमुकाम खंलगामा आयोजना हुने स्थानीय तह तथा सरकारी कार्यालयहरुसंगको संवाद, छलफल, अन्तरक्रिया र सुझाव संकलनको लागि मुख्यमन्त्री शाहसहितको टोली दार्चुला आउन लागेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

खलंगामा आयोजना हुने कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख, अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता हुने बताइएको छ । मुख्यमन्त्री शाहको सभागितामा भोली दिउँसो २ बजे देखि कार्यक्रम सञ्चालन हुने प्रजिअ पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?