दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ निसिलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वडा अधिवेशन सम्पन्न भएको छ । शनिवार (हिजो) पार्टीका जिल्ला अध्यक्ष प्रकाश दयालीको अध्यक्षता सञ्चालन भएको कार्यक्रमबाट ११ सदस्यीय नयाँ वडा कमिटी चयन गरिएको छ।
मिन बहादुर पाल अध्यक्ष रहने गरि गठन गरिएको वडा कमिटीको उपाध्यक्षमा चन्द्र बहादुर पाल, कोषाध्यक्षमा तारा बहादुर पाल, सचिवमा विरेन्द्र बहादुर पाल र सह सचिवमा नर बहादुर पाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा अमरावती पाल, कलावती पाल, देव बहादुर पाल, राधा देवी पाल, नर सिंह बोहरा र प्रेम बहादुर पाल चयन हुनुभएको छ ।





प्रतिक्रिया