हङकङ सिक्सेसअन्तर्गत बाउलमा नेपाल यूएईसँग ४३ रनले पराजित

दार्चुला । हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल पराजित भयो । योसँगै नेपालको खेल सकिएको छ ।

पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको थियो । तर नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाएर ८६ रन मात्रै बनायो । मोहम्मद आदिल आलमले ३२ र सन्दीप जोराले ३१ रन बनाए ।

त्यसअघि यूएईले पाँच विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । नेपाल लिग चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएपछि बाउल लिगमा पुगेको थियो । जसमा हिजो श्रीलङ्कासँग पराजित हुँदा नेपालले भारतलाई ९२ रनले हराएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?