गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीको अभिमुखिकरण

दार्चुला । दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्नातक तक प्रथम सेमेस्टरमा नयाँ भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइतबार क्याम्पस प्रमुख परमल सिंह महराको अध्यक्षतामा नयाँ भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

क्याम्पस प्रमुख महराको अध्यक्षता रहेको कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय सदस्य धन सिह विष्ट प्रमुख अतिथी रहनुभएको थियो ।

त्यस्तै सहायक क्याम्पस प्रमुख कविराज जोशी, प्राध्यापक संघ एकाई सभापति भोजराज पन्त, स्नातकोत्तर तह कार्यक्रम प्रमुख रमेश चन्द्र जोशी, व्यवस्थापन संकाय प्रमुख खगेन्द्र प्रसाद विष्ट, मानविकी संकाय प्रमुख राम दत्त पन्त, अंगेजी विषय प्रमुख गोकर्ण पाठक लगायत शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिती रहेको कार्यक्रम सञ्चालक समेत रहनुभएका क्याम्पसका उपप्राध्यापक प्रेम जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?