दार्चुला । दार्चुलाको गोकुलेश्वर आस पास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार (आज) दिउसो २ः ४३ बजे गोकुलेश्वर आसपास केन्द्रविन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको क्षती बारे अहिले सम्म कुनै पनि जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले बताउनुभयो ।
भूकम्पको धक्का दार्चुलासहित बैतडी र बझाङ आसपासका क्षेत्रमा महसुस गरिएको छ ।
यस अघि गत विहीबार राती भारतको तावाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।





प्रतिक्रिया