दार्चुलाका विभिन्न स्थानबाट दुई दिनमा १० जना फरार प्रतिवादी पक्राउ

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी टोलीले विभिन्न मितिमा अदालत तथा प्रशासनबाट कैद सजाय तोकेका तर भुक्तान नगरि फरार रहेका १० जना प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला अदालत दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुलाको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका १० जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले आइतवार र सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।

आइतबार (हिजो) र सोमबार (आज) दुई दिनमा जिल्ला विभिन्न स्थानबाट १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो । अहिले प्रहरी फरार प्रतिवादी पक्राउको लागि विषेश अप्रेशन सञ्चालन गरेको र सोही अनुसार दुई दिनमै १० जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

लागूऔषध मुद्दामा १२ दिन कैद सजाय तोकिएका दार्चुलाको नौगाड गाउँँपालिका वडा नम्बर १ ईयरकोट बस्ने २२ वर्षीय देव सिह ठगुन्ना र सोही मुद्दामा ३ महिना २८ दिन कैद सजाय र २० हजार जरिवाना तोकिएको महाकाली नगरपालिका वडा नम्बर ४ तल्लासैन बस्ने ५० वर्षीय मोहन सिह बिष्टलाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

त्यस्तै जुवा सम्बन्धी कसुरमा १ महिना कैद सजाय र ३० हजार जरिवाना तोकिएका दुहुँ गाउँँपालिका वडा नम्बर २ बस्ने ३४ वर्षीय जनक बडाललाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

त्यस्तै महाकाली नगरपालिका वडा नम्बर ३ बस्ने ४० वर्षीय डम्मर सिह महरा, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय निरज कुमार धामी, मालिकार्जुन ३ कै ३४ वर्षीय कृष्ण सिंह धामी पक्राउ परेका छन् ।
त्यस्तै महाकाली नगरपालिका वडा नम्बर ४ बस्ने ४१ वर्षीय धन सिंह फराल, महाकाली ४ कै ४२ वर्षी रतन सिंह खाती, सोही ठाउँका ४० वर्षीय खिमानन्द भट्ट र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ बस्ने ४६ वर्षीय जनक राज जोशीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी भट्टले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई कैद सजाय भुक्तानका लागि अदालत तथा प्रशासन पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?