दार्चुलाको लेकममा संरचना निर्माण भएको महिनौ सम्म पनि टावर सञ्चालनमा आएन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा निर्माण भएको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छैन। निर्माण सम्पन्न भएको करिब ६ महिना हुँदासमेत टावरमा आवश्यक उपकरण जडान नहुँदा सञ्चालन नभएको हो।

लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली (कोटस्थित) नेपाल टेलिकमको टावर सञ्चालनमा नआउँदा स्थानीयले गुणस्तरीय टेलिफोन तथा इन्टरनेट सेवाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन्। टावर निर्माण सम्पन्न भएको ६ महिना भइसकेको छ, तर टेलिकमले बेवास्ता गर्दा टावर अहिलेसम्म सञ्चालनमा नआएको लेकम गाउँपालिकाका स्थानीयहरूको गुनासो छ।

टेलिकमको टावर सञ्चाचलन नहुँदा पानी परेको बेला, तथा रातिको समय फोन र नेट नचल्ने समस्या रहेको छ। दिनमा समेत फोन नलाग्ने र कुराकानी गरेको नसुनिने समस्या छ।

नेपाल टेलिकमले टावर निर्माण गरेर सञ्चालनमा ल्याउन ध्यान नदिएको सर्वसाधारणको गुनासो छ। तर नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले टावर छिट्टै सञ्चालनमा ल्याउने बताउनुभयो। अहिले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको टावर सञ्चालन गर्न उपकरण जडानको काम भइरहेको उहाँले बताउनुभयो ।

मालिकार्जुन टावरको काम सकिनासाथ लेकमको टावरमा उपकरण जडान गरिने गुरुङले बताउनुभयो। मंसिर १५ गतेभित्र सर्मोलीको टावर सञ्चालनमा ल्याउने गुरुङको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?