दार्चुलाको लेकममा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न, ७९३ जनाले सेवा लिए

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका ५ वडामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न भएको छ ।

गत विहिबार गाउँपालिकाको वडा नम्बर १ सर्माेलीबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण शिविर मंगलबार (आज) वडा नम्बर २ कुणीमा सञ्चालन गरेपश्चात सम्पन्न भएको गाउँपालिकाका एमआइएस अपरेटर प्रकास राज विष्टले जानकारी दिनुभयो । शिविरबाट ५ वडाका ७ सय ९३ जनाले सेवा लिएको विष्टले बताउनुभयो ।

गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार सामान्य हिडडुल गर्न नसक्ने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र बालपोषण भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुलाई घरदैलोमा नै सेवा दिने उदेश्यले गाउँपालिकाको पञ्जीकरण शाखाको आयोजनामा ५ वटा वडाहरुमा शिविर सञ्चालन गरिएको थियो ।विहिबार गाउँपालिकाको वडा नम्बर १ सर्मोलीमा सञ्चालन भएको शिविरबाट ९० महिला र ५४ पुरुष गरि १ सय ४४ जनाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बुझेको विष्टले बताउनुभयो ।

त्यस्तै शुक्रबार वडा नम्बर ६ उचाकोटमा सञ्चालन भएको शिविरबाट ८५ जना महिला र ४४ जना पुरुष गरि १ सय २९ जना, आइतबार वडा नम्बर ३ लालीमा सञ्चालन भएको शिविरबाट ७९ महिला र ५३ पुरुष गरि १ सय ३२ जनाले, सोमबार वडा नम्बर ४ खरकडामा सञ्चालन भएको शिविरबाट ९९ महिला र ८६ पुरुष गरि १ सय ८५ जनाले र मंगलबार आज वडा नम्बर २ कुणीमा सञ्चालन भएको शिविरबा १ सय ३ जना महिला र १ सय जना पुरुष गरि २ सय ३ जना लाभग्राहीले शिविरको माध्यमबाट वडाबाटै भत्ता बुझेको एमआइएस अपरेटर विष्टले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर ५ को हकमा भने बैंक नजिकै रहेकोले बैंकबाटै सामाजिक सुरक्षा भत्ता बुझ्न सकिने भएकोले शिविर सञ्चालन नगरिएको उहाँले बताउनुभयो । गाउँपालिकाको हरेक त्रैमासिक अवधिमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई लक्षित गरि वडाहरुमा शिविर सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष राम दत्त जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?