दार्चुला | बैतडीको डिलासैनी गाउँपालिका-३ छेपट्टाका २२ वर्षीय दिपक खडायत धनगढीबाट सम्पर्क विहिन हुनुभएको छ । हजुरआमाको उपचारको लागि आफ्ना ठुलाबुबा संग धनगढी कैलाली पुगेका दिपक यहि कार्तिक २३ गते दिउँसो १ बजेबाट सम्पर्क विहिन भएका छन ।
अन्तिम पटक आफ्नो मोबाइल बैंकमा समस्या आएको र साथीको खातामा बुवालाइ २०० रुपया पठाइदिनु भनेको करिब आधा घण्टा पछि सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ । दिउसो मोबाइल बन्द (अफ) भएपनि राती ८/९ बजेको समयमा फोन लागेको तर फोन नउठेको उहाका बुबा गौरी खडायतले बताउनुभयो ।
हजुरआमाको उपचारको लागि धनगढी पुगेका दिपक सम्पर्कमा नआएपछि हजुरआमाको स्वास्थमा झन असर पुगेको र खोजी कार्यमा सहयोग गरिदिन हुन अनुरोध गर्नुभएको छ । खोजिका लागि प्रहरीमा समेत रिपोर्ट गरिसकेको दिपकका मामा मानबहादुर जागरीले बताउनुभयो । भेटाउनुहुने महानुभावलाई नजिकैको प्रहरी कार्षालय वा मोबाइल नम्बर 9848874076 मा सम्पर्क गरिदिनुहुन अनुरोध गरिएको छ।





प्रतिक्रिया