बङ्गलादेशको ढाकामा ११ ठाउँमा बम विस्फोट

दार्चुला | भारत र पाकिस्तानपछि बङ्गलादेशको राजधानी ढाकामा शृङ्खलाबद्ध बम विस्फोटको घटना भएको छ । ढाकाका सार्वजनिक यातायात, धार्मिकस्थल तथा सरकारी कार्यालयलाई लक्षित गरी विस्फोट र आगजनीका घटना भएका सुरक्षा निकायलाई उद्धृत गरी त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

ढाका प्रहरीले ११ ठाउँमा विस्फोटका घटना भएको जनाएको छ । शृङ्खलाबद्ध आक्रमणले ढाकाको जनजीवन पनि त्रसित बनेको छ । हिजो बेलुकादेखि रातिसम्म ढाकाका विभिन्न ठाउँमा विस्फोट भएका थिए । घटनापछि ढाका महानगर प्रहरीले प्रमुख सरकारी निकाय वरिपरि सभा–जुलुसमा प्रतिबन्ध लगाएको छ ।

नोभेम्बर १३ तारिख अर्थात् भोलि पूर्व प्रधानमन्त्री शेख हासीनाविरुद्धको मुद्दाको फैसला मिति तय छ । घटनापछि ढाकाको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । प्रहरी मुख्यालयले सबै थानाहरूलाई गस्ती र निगरानी बढाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?