बैतडीमा ४० वर्षीय एक पुरुष मृत फेला

दार्चुला । बैतडीमा एक पुरुष मृत फेला परेका छन् ।

जिल्ला सदरमुकाम नजिकै दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकका ४० वर्षीय कपील जोशी शनिबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनभयो ।

शुक्रबार घरबाट निस्केका जोशी शनिबार दशरथचन्द नगरपालिका वडा नम्बर ४ बबेत भन्ने स्थानमा मृत फेला परेका हुन् ।

जोशी घरमा नआएपछि खोजी गर्दै जाँदा उहाँ बबेत भन्ने स्थानमा घोरेटो बाटोबाट अन्दाजी १० मिटर तल मृत फेला परेका प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?