दार्चुला । बैतडीमा एक पुरुष मृत फेला परेका छन् ।
जिल्ला सदरमुकाम नजिकै दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकका ४० वर्षीय कपील जोशी शनिबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनभयो ।
शुक्रबार घरबाट निस्केका जोशी शनिबार दशरथचन्द नगरपालिका वडा नम्बर ४ बबेत भन्ने स्थानमा मृत फेला परेका हुन् ।
जोशी घरमा नआएपछि खोजी गर्दै जाँदा उहाँ बबेत भन्ने स्थानमा घोरेटो बाटोबाट अन्दाजी १० मिटर तल मृत फेला परेका प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




