दार्चुलाको मालिकार्जुन-३ सुङ्गरखालीमा नेपाल टेलिकमको टावर सञ्चालन

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ को सुङ्गरखालीमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । त्यस क्षेत्रको नेतवर्क समस्या समाधानको लागि सुङ्गरखालीमा ३० मिटरको टावर जडान गरी ८ सय र १८ सय मेगाहर्जको रेडियो सिस्टम जडान गरि शनिबारबाट टेलिकमको फोरजी सेवा सञ्चालन भएको नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।

दार्चुलामा ४८ टावर सञ्चालन

यस संगै दार्चुलामा नेपाल टेलिकमका ४८ वटा टावरहरु सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका महाकाली नगरपालिका वडा नम्बर ६ निशिलमा थी्र जी र व्याँस गाउँपालिका १ टिंकर रहेको टावरम २ जी सेवा सञ्चालन भइरहेको छ, भने रिपिटर बाहेकका अन्य सबै टावरमा फोरजी सेवा सञ्चालनमा रहेको गुरुङले बताउनुभयो ।

जिल्लाभरी सञ्चालनमा रहेका टावरहरुमध्ये ९० प्रतिशतमा विद्युतिकरणको सुविधा रहेको छ । दार्चुलामा प्रयोगकर्ताहरुको संख्या बढदै गएपछी अहिले विभिन्न क्षेत्रमा टावर थप्ने कार्य भइरहेको छ । मंसिर महिना भित्रै लेकम गाउँपालिकाको वडा नम्बर १ सर्माेलीमा नेपाल टेलिकमको टावर सञ्चालनको तयारी भइरहेको छ भने मार्माको गुल्जर,

मार्माको गुल्जर, व्याँसको दुम्लिङ लगायतका क्षेत्रमा टावर राख्न माग भएको उहाँले बताउनुभयो । व्याँसको टिंकरमा स्थानीयहरु जाडोको समयमा जिल्ला सदरमुकाम खंलगा झर्ने भएकाले चैत्र देखी कार्तिक सम्म मात्रै टावर सञ्चालनमा आउने गरेको छ । उक्त टावरमा रेडियो लिंक पुर्याउन नसक्दा र दुहुँको बह्मलेक रिपिटर स्टेशनमा समेत सौर्य उर्जा रहेकाले भि सेटबाट सञ्चालन भइरहेको बताइएको छ । क्षेत्रमा सामान पुगिसकेको र केही दिन देखि जडान कार्य सुरु हुने उहाँले बताउनुभयो ।

मार्मा १ को गुल्जर र नौगाड १ को नागुमा पनि टावर जडानको तयारी भइरहेको गुरुङले बताउनुभयो । यस्तै जिल्लाका विभिन्न टावरको क्षमता थप गरी सेवा सुधार गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?