दार्चुला । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते हुने भएको छ ।

तोकिएको निर्वाचन कार्यतालिकाअनुसार सोही दिन उम्मेदवारले आवश्यक कागजातसहित मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले निर्णय गरेको हो ।

निर्वाचन आयोगले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा नागरिकलाई निर्वाचन आचारसंहिता पालनासहित निर्धारित स्थानबाटै मनोनयन दर्ता गर्न आह्वान गरेको छ ।

आगामी दिनमा निर्वाचन अभियान, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारणलगायतका कार्यक्रम क्रमशः अघि बढाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?