प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट दर्ता

दार्चुला । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना मुद्दा दायर गर्नुभएको हो ।

सरकारले गएको असोज ३० गते चीन, जर्मनी, इजराइल, मलेशिया, कतार, रुस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूतलाई फिर्ता बोलाएको थियो ।

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न गएको कात्तिक १६ गते अन्तरिम आदेश जारी गर्‍यो । तर त्यसको भोलिपल्ट प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयमा हाजिर गर्ने गरी राजदूत फिर्ता बोलाएपछि त्यसबाट अदालतको आदेशको अवहेलना भएको भन्दै अधिवक्ता सिलवालले रिट दायर गर्नुभएको हो ।

त्यही मुद्दा दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ७ गतेको पेशी तोकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?