एनपीएलमा आज कर्णाली र लुम्बिनी  तथा काठमाण्डू र विराटनगर खेल्दै

दार्चुला। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् ।

प्रतियोगितामा आज दिनको पहिलो खेलमा गत सिजन प्लेअफ खेलेको टोली कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा प्रतिस्पर्धाका निम्ति उत्रिँदा कर्णाली पहिलो जितको खोजीमा हुनेछ ।

कर्णालीले यसअघि चितवन राइनोजसँग चार विकेटको हार व्यहोरेको थियो ।

यता, लुम्बिनी भने आज लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ११ः१५ बजेदेखि सुरु हुनेछ ।

यसैगरी, दिनको दोस्रो खेलमा काठमाण्डू गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा काठमाण्डूको यो तेस्रो र विराटनगरको दोस्रो खेल हो ।

यसअघि काठमाण्डूले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । तर, दोस्रो खेलमा भने काठमाण्डू सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

विराटनगरले भने पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।

यी दुई टिमबीचको खेल त्रिवि रंगशालामा नै दिउँसो ३ः३० बजेदेखि सुरु हुने तालिका छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?