डिलाशैनीका युवा प्रदीप जोशीले गरे जन्म दिनको अवसरमा शैक्षिक सामग्री वितरण

दार्चुला । बैतडीका युवा समाजसेवी प्रदीप जोशीले जन्म दिनको अवसरमा शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ धामी गाउँ स्थित शिक्षा केन्द्र अम्मर उच्च माध्यमिक विद्यालयमा अध्ययनरत असहाय, विपन्न तथा टुहुरा ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जोशीले बताउनुभयो ।

जन्मदिनमा अन्य फँजुल खर्च गर्नुभन्दा बालबालिकाहरुलाई सहज होस भनेर शैक्षिक सामग्री वितरण गरेको उहाँको भनाइ रहेको छ। जन्म दिनको अवसरमा भड्किलो प्रथा अन्त्य गर्नु आवश्यक रहेकाले शैक्षिक सामग्रीको जोहो गर्न मुस्किल भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको जोशीले बताउनुभयो।

जन्मदिनको अवसरमा टुहुरा तथा असहाय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नु राम्रो कार्य भएको बन्दै विद्यालय परिवारले समाजसेवी जोशीको प्रसंशा गरेको छ । बाबा गंगा दत्त जोशी र आमा जानकी जोशीका कोखबाट जन्मिनु भएका प्रदीप अहिले सामाजिक कार्यमा सक्रिय रहेका छन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?