दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–४ बसपार्क क्षेत्रमा अबैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ। सोमबार साँझ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले ४३ हजार ३ सय रुपैयाँ बराबरको बिडी, स्विटर, सुटपिस, चप्पललगायतका सामग्री बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले बताउनुभयो ।





प्रतिक्रिया