बैतडीको पाटनबाट पाँच थान भरुवा बन्दुक बरामद

दार्चुला । बैतडीमा प्रहरीले पाँच थान भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्लाको पाटन नगरपालिका –७ उपल्लाबाटुलाका ५२ वर्षीय भागीराम लुहारको घरबाट बिहीबार दिउँसो २ बजेको समयमा पाँच थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।

भागीराम लुहारको घरमा बन्दुक बनाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकमा खटिएको टोलीले खानतलासी गर्दा पाँच थान भरुवा बन्दुक फेला पारेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

बरामद गरिएका पाँच थान भरुवा बन्दुकमध्ये ३ थान साबुत र २ थान बेसाबुत रहेको उहाँले बताउनुभयो ।

भागीराम लुहार अहिले उपचारको सिलसिलामा भारतमा रहेको बुझिएको र उक्त बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा पछिल्लो समयमा प्रहरीले अवैध बन्दुक बरामद गर्दै आएको छ । यसअघि गएको शनिबार पञ्चेश्वरको हल्दुविनायकबाट एकथान भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?