एनपिएलमा आज चितवन र काठमान्डू तथा कर्णाली र विराटनगर खेल्दै

दार्चुला । काठमाडौँमा जारी दोस्रो सिरिजको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेल चितवन राइनोज र काठमान्डू गोर्खाजबीच बिहान ११ः४५ बजे हुने छ ।

यस्तै, दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ बजे हुनेछ । काठमाडौँको त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ ।

बिहीबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्स बिहीबारको खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको हो ।

यसअघि जनकपुर काठमान्डू गोर्खाजसँग पाँच विकेट तथा विराटनगर किङ्ग्ससँग नौ विकेटले पराजित भएको थियो ।

बिहीबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?