दार्चुला । नेपाल मलेसियालाई ९ विकेटले हराउँदै एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ ।

मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले सात ओभर पाँच बलमा एक विकेटमा पूरा गर्यो । त्यसअघि यूएइको अजमानमा रहेको सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको मलेसिया १७ ओभर २ बलमा ५१ रन बनाउँदा अलआउट भएको थियो ।

साउदी अरेबिया र हङकङलाई पराजित गर्दै नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेको थियो । आज नै भइरहेको यूएई र ओमानबीचको अर्को सेमिफाइनलको विजेतासँग नेपालले फाइनल खेल्ने छ ।

फाइनलमा पुग्ने दुबै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भएका छन् । तेस्रो हुने टोली पनि एशिया कपमा छनोट हुनेछ ।

१९ वर्षमुनिको एशियन प्रिमियर कपको फाइनल खेल पर्सि सोमवार हुनेछ । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुँदैछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?