दार्चुला । बैतडी प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत बैतडीको फैसलाबाट हाडानाता करणी मुद्दामा एक बर्ष कैद सजाय तोकिएकी सिगास ९ की २६ वर्षीया राजमती धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
फैसलापछि फरार रहेकी धामीलाई प्रहरीचौकी गाँजरीबाट शनिबार दिउँसो खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।
पक्राउ परेकी धामीलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालतमा बुझाइने प्रहरी निरीक्षक बडूले बताउनुभयो ।





प्रतिक्रिया