‘स्कूल प्रोजेक्ट’ सेमिनारमा सहभागी हुन शैल्यशिखरका प्रमुख प्रकासकीय अधिकृत बिष्ट चीनमा

दार्चुला — जनवादी गणतन्त्र चीन सरकारको आयोजनामा डिसेम्बर १ देखि १५, २०२५ सम्म चीनको राजधानी बेइजिङस्थित Academy for International Business Officials (AIBO), Ministry of Commerce, P.R. China मा सञ्चालन हुने ‘Seminar on School Projects for Nepal Project Profile’ कार्यक्रममा सहभागी हुन शैल्यशिखर नगरपालिका–का प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट चीन पुग्नुभएको छ ।

देशभरका ११ वटा स्थानीय तहका शिक्षा सेवा तथा प्रमुख प्रशासकीय अधिकृतहरुमध्ये संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेमिनारका लागि मनोनयन गर्दा सुदूरपश्चिम प्रदेशबाट बिष्ट एक्ला प्रतिनिधि रहनुभएको छ ।

सेमिनारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगसहित जम्मा ३३ जना कर्मचारी सहभागी छन्।

कार्यक्रमको मूल उद्देश्य नेपालको विद्यालय शिक्षाको विकासका लागि अतीतदेखि वर्तमानसम्म सञ्चालित विभिन्न शैक्षिक परियोजनाका सकारात्मक प्रभावको समीक्षा गर्ने, शिक्षाको सामाजिक तथा दार्शनिक पक्षको विश्लेषण गर्ने तथा चीनले अघि सारेका शिक्षण–सिकाइका उत्कृष्ट अभ्यासहरूको अध्ययन–अनुसरण गर्ने रहेको छ।

यस्तै, भविष्यमा शैक्षिक परियोजनामार्फत नेपालको विद्यालय शिक्षामा कसरी गुणात्मक सुधार ल्याउन सकिन्छ भन्ने विषयमा अनुभव आदान–प्रदान गर्नु सेमिनारको अर्को प्रमुख उद्देश्य रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?