दार्चुलामा कर्तव्यज्यान मुद्दाका फरार कैदी पक्राउ

दार्चुला । दार्चुला प्रहरीले कर्तव्यज्यान मुद्दाका फरार कैदीलाई पक्राउ गरेको छ । कर्तव्यज्यान मुद्दामा २५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकिएका दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्ब्र ७ का २३ वर्षीय दिपक चन्दलाई मंगलबार (आज) महाकाली नगरपालिका वडा नम्बर ४ पुलघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सह प्रवक्ता प्रहरी निरीक्षक देबेन्द्र सिंह बुढाथोकीले जानकारी दिनुभयो ।

शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको गस्ती प्रहरी टोली चन्दलाई विहान ११ बजेको समयमा पक्राउ गरेको उहाँले बताउनुभयो ।

दार्चुला जिल्ला अदालतले २०७८ सालको मुद्दामा २०८० पुस ११ गते चन्दलाई २५ वर्ष कैद र १ लाख जरिवाना तोकिएको थियो।

नख्खु कारागार कार्यालय, ललितपुरमा सजाय भुक्तान गरिरहेका चन्द २०८२ भदौ २३ र २४ गते देशभर भएको जेन जी आन्दोलनको क्रममा भदौ २४ गते नख्खु कारागारको बन्दीगृहबाट फरार भएको उहाँले बताउनुभयो ।

चन्दलाई पक्राउ गरी तोकिएको सजाय भुक्तानका लागि कारागार कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?