दार्चुला | अब नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) चल्ने भएको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो ।

अहिले नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । भारतले अनुमति दिएसँगै सयसँगै एक सय रुपैयाँभन्दा ठूला दरका भारु चलाउन पनि पाइने भएको हो । अहिले भारतमा एक सयभन्दा ठूला २ सय र २ हजार दरका नोट चलनचल्तीमा छन् । तर तीन वर्ष अघिदेखि भारतले २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ ।

आरबीआईले गरेको नयाँ व्यवस्थाले २ सय र ५ सय दरका भारु नेपालमा सटहीका लागि बाटो खोलिदिएको हो । अहिले भारतले भारु २५ हजारसम्म नेपाल र भुटानमा आयात–निर्यात गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?