दार्चुला । दार्चुला । मुटु, लिभर र मृगौलाको गम्भीर समस्या संग जुधिरहेका दार्चुलाको शैल्यशिखरका पारस धामीको अर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानी, मल्लालेक बस्ने २० वर्षिय धामीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । हाल कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारत उहाँको आर्थिक अभावका कारण समस्या भइरहेको पारसका दाई गोविन्द धामीले बताउनुभयो ।
मुटु, कलेजो र मृगौलामा गम्भीर समस्या देखिएका पारसको अहिले सेती प्रादेशिक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको दाई गोविन्दले बताउनुभयो ।
अहिले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भोगिरहेका धामीलाई सहयोग जुट्न थालेको छ । पारसका बुवाको करिव २ वर्ष पहिले नै मृत्यु भइसकेको उहाँले बताउनुभयो । पारसका दाई अहिले राजगारीको लागी भारतमा रहेका छन् ।
उपचाररत पारसको अहिले मुटु र कलेजो (लिभर) मा विभिन्न समस्या देखाएको छ भने दुबै मृगौलाले पनि काम गर्न छोडेको छ । अहिले चिकित्सकले सेतीमै राखेर डायलासिस गर्नुपर्ने भनेको र थप समस्या देखिए काठमाण्डौ लैजानुपर्ने हुन सक्ने बताएको उहाँले बताउनुभयो ।
आर्थिक अभावका कारण उपचारमा समस्या भए पछि पारसको उपचारमा सहयोग पुगोस भनेर अहिले सामाजिक सञ्जालमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको छ । पारसको उपचारमा सहयोग गर्न चाहने सहयोगिमनहरुले पारसका दाई गोविन्द सिंह धामीको नाममा ग्लोबल आइएमई बैंकको खाता नम्बर १८८०७०१००००९८३ (govind singh dhami) वा गोविन्दकै नाममा रहेको इसेवा नम्बर ९८६८८५५९६० (govind singh dhami) मा सहयोग रकम पठाउन सक्नुहुने छ ।





प्रतिक्रिया