दार्चुलामा विप्लव नेतृत्वको नेकपाको जिल्ला कमिटी बैठकः नेतृत्व हेरफेर र चुनाव तयारीबारे छलफल

दार्चुला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को जिल्ला कमिटी बैठक बैठक सम्पन्न भएको छ। शनिबार लेकम गाउँपालिका वडा नम्बर ६ मा बसेको बैठक जिल्ला इन्चार्ज नवराज भट्टको अध्यक्षता तथा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य भरत सीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले जिल्लामा संगठनात्मक जिम्मेवारी पुनःव्यवस्थापन गर्दै तत्कालीन पार्टी सचिव लोकेश नेपालीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। पार्टी निर्माणमा सक्रियता नदेखाएको र पार्टीको नीति–नियमको पालनामा कमजोरी भएको कारणदेखाउँदै नेपालीलाई पदमुक्त गरिएको जिल्ला इन्चार्ज भट्टले जानकारी दिनुभयो ।

नेपालीको स्थानमा भुवन जोशीलाई जिल्ला सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।

त्यससँगै बैठकले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयनसमेत गरेको छ। दार्चुलाबाट पार्टी जिल्ला इन्चार्ज नव राज भट्टलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा अघि सारेर निर्वाचनमा जाने निर्णय गरिएको पार्टीका नव नियुक्त जिल्ला सचिव भुवन जोशीले जानकारी दिनुभयो ।

बैठकसँगै पार्टीले जनभेला र प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरी आगामी राजनीतिक गतिविधि तथा संगठन विस्तारका बारेमा छलफल गरेको जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?