लिग चरणको अन्तिम खेलमा आज जनकपुर र कर्णाली खेल्दै

दार्चुला | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणको अन्तिम खेलमा आज अङ्क तालिकाको पुछारका दुई टोली जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

दुवै टोली ‘प्ले अफ समीकरणबाट बाहिरिसकेका छन् । यो खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । ६ खेलमा एउटा मात्रै खेल जितेको कर्णाली सातौं स्थानमा छ भने समान खेलमा एउटा मात्रै खेल जितेको साविक विजेता जनकपुर तालिकाको पुछारमा छ ।

क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएको छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किङ्ग्सबीच खेल हुनेछ । यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु गोखार्ज र चौथो स्थानको लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ । प्रतियोगितमा ८ वटा टोली सहभागी छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?