सुदूरपश्चिमका क्रिस लिन र जोस ब्राउन एनपीएलको प्लेअफ अगाडि नै अष्ट्रेलिया फर्किए

दार्चुला। सुदूरपश्चिम रोयल्सका दुई अष्ट्रेलियन खेलाडी क्रिस लिन र जोस ब्राउनले एनपीएलको प्लेअफ नखेल्ने भएका छन् । उनीहरू दुवै अष्ट्रेलिया फर्किएको रोयल्सले जनाएको छ ।

रोयल्सको छैटौं म्याचमा चितवनविरूद्ध ब्याटिङ गर्ने क्रममा क्रिस लिन घाइते भएका थिए । उनले बिराटनगर विरूद्ध समूह चरणको अन्तिम म्याच खेल्न सकेनन् । चोटकै कारण उनी प्लेअफबाट बाहिरिएको रोयल्सले जनाएको छ ।

जोस ब्राउन भने बिग ब्यासका लागि गएको हुन् । यी दुवै ब्याटरको अनुपस्थितिले सुदूरपश्चिमको टप अर्डरमा रिक्तता पैदा हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?