दार्चुलाको दुहुँमा भालुको आक्रमणबाट एक जना घाइते

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते हुनुभएको छ । बुधबार बेलुकीको समयमा दुहुँ गाउँपालिका वडा नम्बर ४ फाराका ३८ वर्षीय सुरेन्द्र सिंह कुँवरलाई भालुले आक्रमण गरेर घाइते बनाएको हो ।

भालुको आक्रमणमा परेका कुँवरको टाउ, दुबै हात, बाँया खुट्टा र अनुहारमा चोट लागेको बताइएको छ । जंगालमा दाउरा संकलन गर्न गएका कुँवरलाई जंगली भालुले आक्रमण गरेको बताइएको छ

गम्भीर घाइते भएका कुँवरलाई जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डाक्टर डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?