दार्चुलामा १ लाख बढी घरपालुवा पशुचौपायालाई माहामारीजन्य रोगबाट जोगाउन निःशुल्क खोप

दार्चुला । दार्चुलामा घरपालुवा पशुचौपायालाई माहामारीजन्य रोगबाट जोगाउन खोप अभियान जारी छ । मंसिर पहिलो साताबाट जिल्लाका ९ वटै स्थानीय तहका घरपालुवा जनावरहरुलाई विभिन्न माहामारीजन्य रोगबाट जोगाउनको लागी निःशुल्क खोप अभियान सञ्चालन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका सूचना अधिकारी चन्द्र सिंह धामीले बताउनुभयो ।

हाल सम्म जिल्लाको नौगाड र लेकम गाउँपालिकामा सबै पशुचौपायामा एफएमडी र पिपिआर खोप लगाइसकिएको उहाँले बताउनुभयो ।

जिल्लाका अन्य ७ स्थानीय तहमा अहिले पनि खोप अभियान जारी रहेको धामीले बताउनुभयो । अभियान अन्तरगत मंसिर २४ गते सम्म जिल्लाका ९ वटै स्थानीय तहमा १ लाख बढी पशुचौपायालाई खोप लगाइएको छ । जिल्ला भरि बुधबार सम्म ४९ हजार ६ सय मात्रा खोरेत रोग विरुदको एफएमडी र ५० हजार ६ सय मात्रा पिपिआर खोप लगाइएको उहाँले बताउनुभयो ।

यस अवधीमा मार्मा गाउँपालिकामा ७ हजार मात्रा एफएमडी र ५ हजार मात्रा पिपिआर खोप लगाइएको छ । त्यस्तै नौगाड गाउँपालिकामा ९ हजार एफएमडी, १६ हजार ५ सय पिपिआर, व्याँस गाउँपालिकामा ५ हजार एफएमडी र ५ हजार पिपिआर, अपिहिमाल गाउँपालिकामा २ हजार एफएमडी र ५ हजार पिपिआर, दुहुँ गाउँपालिकामा ४ हजार एफएमडी र २ हजार ५ सय पिपिआर खोप लगाइएको धामीले बताउनुभयो ।

त्यस्तै मालिकार्जुन गाउँपालिकामा ७ हजार एफएमडी, लेकम गाउँपालिकामा ४ हजार एफएमडी र ५ हजार पिपिआर, महाकाली नगरपालिकामा १ हजार ६ सय एफएमडी र ६ हजार ६ सय पिपिआर र शैल्यशिखर नगरपालिकामा १० हजार एफएमडी र ५ हजार पिपिआर खोप लगाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गाई, भैसी, भेडा, बाख्रा, याक र चौरी लगायतका पशुमा एफएमडी, पिपिआर, लम्पी स्किन, स्वाइन फिवर लगायत रोगविरुद्ध खोप लगाइदै छ ।

चालु आर्थिक वर्ष २०८२÷०८३ मा ५० हजार गाई–भैसी र ४० हजारभन्दा बढी याक–चौरीलाई खोरेत विरुद्ध (एफएमडी) रोग नियन्त्रणका लागि खोप दिने लक्ष्य राखिएको छ। त्यस्तै ३० हजार लम्पी स्किन, ९० हजार भेडा–बाख्रामा पिपिआर, र बङ्गुरमा फैलिने स्वाइन फिवर विरुद्ध ६ सय मात्रा खोप लगाइने केन्द्रले जनाएको छ।

जिल्ला भरि १ लाख २० हजार ६ पशुचौपायालाई सोही मात्रामा खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका सूचना अधिकारी चन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

खोप कार्यक्रमका लागी जिल्लाका नौं वटै स्थानीय तहका पशु विकास शाखाबाट कर्मचारी परिचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख लालबहादुर बोहराले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?