दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कांग्रेस दार्चुलाले प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ दिलेन्द्र प्रसाद बडूको नाम एकल सिफारिस गरेको छ ।
कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्ष तर्फ बडूको नाम एकल सिफारिस गरेको कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिनुभयो ।
उहाँँका अनुसार समानुपातिक तर्फ करबिरसिंह कार्की, महिलाबाट आनन्दी पन्त भट्ट, राष्ट्रिय सभाको लागि पुरुषतर्फ महादेव बडू, गणेशराज भट्ट, चन्द्रसिंह सामन्त र महिलातर्फ द्रोपती डाँगा, विसन्ता सिनाल, शान्ति कार्की र देउमा लोथ्यालको नाम सिफारिस गरिएको उहाँले बताउनुभयो ।
२०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बडू दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।





प्रतिक्रिया