एमाले दार्चुलाका पूर्व जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामी महाधिवेशन प्रतिनिधिमा मनोनीत

दार्चुला । नेकपा (एमाले)को ११औँ महाधिवेशनको लागि एमाले दार्चुलाका पूर्वजिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामी महाधिवेशन प्रतिनिधिमा मनोनीत हुनुभएको छ ।

शुक्रबार बसेको पार्टी बैठकले एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य समेत रहनुभएका धामीलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो ।

यय अघि दार्चुलाबाट एमालेले महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरेको थियो ।

जिल्लाबाट सर्वसम्मत १२ जना प्रतिनिधि छनोट गरिएको थियो । धामीले सर्वसम्मतका नाममा एकलौटी निर्णय लादिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।

पार्टीले उहाँसहित देशभरीबाट १ सय ८ जना महाधिवेशन प्रतिनिधि मनोनयन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?