एमालेको विधान संशोधन: केन्द्रीय समिति ३०१ सदस्यीय

दार्चुला । नेकपा (एमाले) ले पार्टी विधान संशोधन गर्दै केन्द्रीय समितिको संरचना पुनःव्यवस्थित गरेको छ। संशोधित विधानअनुसार अब एमालेको केन्द्रीय समिति ३०१ सदस्यीय रहनेछ।

नयाँ संरचनामा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जना रहने व्यवस्था गरिएको छ। त्यसैगरी स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय रहनेछ।

पार्टी संगठनलाई थप व्यवस्थित, प्रभावकारी र समावेशी बनाउने उद्देश्यले विधान संशोधन गरिएको एमालेले जनाएको छ। यस निर्णयले पार्टीको आन्तरिक व्यवस्थापन र आगामी राजनीतिक गतिविधिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?