दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा दार्चुलामा सुरक्षा तथा प्राविधिक तयारी भइरहेको छ। मतदाता नामावली अद्यावधिकदेखि मतदान केन्द्रको जोखिम मूल्यांकनसम्मका काम भइसकेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीले बताउनुभयो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्लाभर रहेका १४३ मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको छ। वर्गीकरणअनुसार २२ मतदान केन्द्र अतिसंवेदनशील, ४१ संवेदनशील र ७८ सामान्य सूचीमा परेका छन्। नौ स्थानीय तह रहेको दार्चुलामा २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा १४ मतदान केन्द्र मात्र अतिसंवेदनशील रहेका थिए। यसपटक भौगोलिक दुर्गमता, विगतका निर्वाचन अनुभव, सुरक्षा निकायको पहुँच लगायतलाई आधार मानेर वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । सोहीअनुसार सुरक्षा व्यवस्थापन तथा अन्य आवश्यक तयारी अघि बढाइएको बताइएको छ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीका अनुसार दार्चुलामा ११२ मतदान स्थलमा १४३ मतदान केन्द्र कायम गरिएको छ। यसअघि ९० हजार ७८२ रहेका मतदाता संख्या बढेर ९२ हजार ९ सय ४८ पुगेको छ। गत निर्वाचनमा १४१ मतदान केन्द्र रहेकोमा मतदाता बढेको कारण दुई मतदान केन्द्र थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रशासनले सुरक्षा निकायमार्फत मतदान केन्द्रहरूको अवस्था बुझ्ने र आवश्यक समन्वय गर्ने काम निरन्तर जारी रहेको जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?