कांग्रेस दार्चुला विशेष महाधिवेशनको पक्षमा कि विपक्षमा ?

दार्चुला । यतिबेला नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद चुलिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौंको भृकुटीमण्डपमा एक समुहले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्दै छ ।

कांग्रेस संस्थापन पक्षले भने नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भएकाले अब विशेष महाधिवेशनको आवश्यकता र औचित्य नरहेको भन्दै उक्त समुहले बोलाएको महाधिवेशन विधान विपरित रहेकोले सहभागी नहुन सूचना नै निकालेर आह्वान गरेको छ ।

अहिले पार्टीका जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरु विषेश महाधिवेशनको पक्ष र विपक्षमा खुलिरहेका छन् ।

यस अवस्थामा दार्चुला जिल्ला सभापतिसहित अधिकांस महाधिवेशन प्रतिनिधिहरु विषेश महाधिवेशनको पक्षमा रहेको स्रोतले जनाएको छ । विषेश महाधिवेशनको लागि जिल्ला सभापति ललित सिंह बोहरा काठमाण्डौ पुगिसकेका छन् भने जिल्ला सचिव पुलेन्द्र कार्की लगायतका नेताहरु पनि काठमाण्डौ गएका छन् ।

२५ जना महाधिवेशन प्रतिनिधि रहेको दार्चुलाबाट अधिकांसले विषेश महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको कांग्रेस जिल्ला सचिव पुलेन्द्र बहादुर कार्कीले बताउनुभयो । समग्रमा पक्ष र विपक्ष भन्दा पनि हामी कांग्रेस एक ढिक्का हुनुपर्छ, परिवर्तन हुनुपर्छ, नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा नै छौँ, सचिव कार्कीले लोकदर्पण मिडियासंग भन्नुभयो, “जिल्ला सभापति बोहरासहित अधिकांस महाधिवेशन प्रतिनिधिहरु काठमाण्डौमा रहेकोले छलफल पछि आज बेलुकी सम्म काग्रेंस दार्चुलाको आधारिक धारणा सार्वजनिक हुने उहाँले बताउनुभयो ।

अहिले जिल्लाका प्राय साथिहरु विषेश महाधिवेशनमा जानुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, जिल्ला सभापति ज्यूसहित केही साथीहरु काठमाण्डौ पुगिसक्नुभएको छ हामी पनि जाँदै छौँ आज बेलुकी सम्म छलफल गरेर विषेश महाधिवेशनमा जाने वा नजाने निर्णय गर्छौँ, जस्तोसुकै निर्णय भए पनि कांग्रेस दार्चुला एकम भएर जान्छ, उहाँले भन्नुभयो।”

जिल्लाका २५ जना महाधिवेशन प्रतिनिधिमध्ये २४ जनाले विषेश महाधिवेशनमा जानुपर्ने पक्षमा हस्ताक्षर गरेका थिए । त्यस मध्ये प्रदेश सभा सदस्य समेत रहेका महाधिवेशन प्रतिनिधि बिक्रम सिंह धामीले आफ्नो हस्ताक्षर फिर्ता लिनुभएको थियो । अर्का महाधिवेशन प्रतिनिधि गोकर्ण चन्द उक्त समय जिल्लामा नरहेको हस्ताक्षर छुटेको सचिव कार्कीले बताउनुभयो। अहिलेसम्म नेपाली कांग्रेस दार्चुलाका अधिकांश प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?